सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

त्रिशूली नदीबाट फेला पर्‍यो बसको पर्दा र बच्चाको कपडा

काठमाडौ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलटारमा पहिरोका कारण दुइटा बस त्रिशूली नदीमा खसेको भनिएकोमा एउटा गाडीको पर्दा फेला परेको छ।

उक्त पर्दा बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्सको भएको बुझिएको नयाँ सबुज गण भरतपुरका गणपति दिनेश लामाले जानकारी दिए।

‘एन्जल डिलक्स कम्पनीको बसमा यात्रा गर्ने यात्रुले उक्त पर्दा एन्जलको हो भनेका छन्,’ उनले भने,‘पर्दा भेटिएकोले गाडी त्रिशूली नदीमा खसेको भन्ने बुझिन्छ।’

पर्दासँगै बच्चाको कपडा पनि फेला परेको उनले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहानैदेखि डुंगामार्फत् खोजी गरिरहेको थियो।

गएराति साढे ३ बजे भरतपुर महानगरपालिक-२९ सिमलतालमा सडकमाथिबाट खसेको पहिरोसँगै दुइटा बस त्रिशूली नदीमा खसेको भनिएको थियो।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस त्रिशूलीमा खसेको थियो।

त्रिशूलीमा खसेको बस खोज्नका लागि सुरक्षाकर्मीको टोली नदीमा खटिइरहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »