सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । मोरङ सुन्दरहरैंचा नगरपालिका-९ बस्ने ४९ वर्षीय सहदेव बजगाईको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-४ हाटखोला घर भएका ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकै श्रीमती ३३ वर्षीया  प्रनिसा पाँचकोटी रहेका छन् । 

सुन्दरहरैंचा नगरपालिका-१ कुमारगाउँ स्थित आफ्नै कुखुरा फर्ममा सहदेव बिहीबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उक्त फर्ममा काम गर्ने सुनिल र उनकै श्रीमतीलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा बुधबार राति फर्म संचालक र सुनिल बिच पारिश्रमिकको विषयमा भएको विवादको कारण उनीहरूले बन्चरो र फलामको दाउ प्रहार गरी सहदेवको हत्या गरेको खुल्न आएको छ । 

उनीहरू उपर कर्तब्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »