सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सचेतना नागरिक संस्था नेपालको आयोजनामा पितृ उद्धार तथा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आज सम्पन्न

काठमाडौं । सचेतना नागरिक संस्था नेपालको आयोजनामा पितृ उद्धार तथा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । २०८१ असार २३ गते पूर्वीङ्ग तथा समुद्घाटन भएको सप्ताह ज्ञान महायज्ञ असार २४ गते देखि असार ३० गते सम्म सन्चालन भई आज समापन भएको हो ।
भागवत पाठ पारायण तथा कथा प्रवचन प्रमुख वाचक पन्डित श्री विष्णु प्रसाद अर्याल ज्यूको मुखारविन्दुबाट भएको हो ।
पितृ उद्धार तथा श्री मद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आज हजारौं भक्तजनहरुको सहभागीतामा समापन भएको प्रचार — प्रसार समितिका संयोजक कृष्ण खड्का ले जानकारी दिएका छन् ।
सचेतना नागरिक संस्था नेपालले विभिन्न सामाजिक रुपान्तरण र जन सचेतनाका कार्यक्रम संचालन गर्दै आहिरहेको छ ।
केहि समय अगाडि काब्य म्युजिक अवर्द मा पनि सहकार्य गरेको खड्काले बताए ।सचेतना नागरिक सस्था नेपालका अध्यक्ष दिपु उप्रेतीको माता स्वर्गीय रुकु उप्रेती , हजुरबुबा वीर बाहादुर उप्रेती ,हजुरआमा अमृत कुमारी उप्रेतीको १ बर्ष अगाडि २ महिनाको अन्तरालमा स्वोर्गारोहन भयको थियो ।,उहाँ हरुको स्मृतिमा उक्त कार्यक्रम आयोजना गरेको उप्रेतीले बताए । कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन सचेतना नागरिक संस्था नेपालले गरेको थियो । आगामी दिनहरुमा पनि संस्थाले विभिन्न शिर्षकका कार्यक्रम आयोजना गरेर जाने अध्यक्ष उप्रेतीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »