सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्मचारी नभएको भन्दै गोरखाको अजिरकोट ४ को सबै सेवा बन्द

काठमाडौं । कर्मचारी नभएको भन्दै गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङले सबै सेवा बन्द गरेको छ।

कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जिकरण र सामाजिक सुरक्षा नवीकरणका काम बन्द भएको वडाध्यक्ष जंगबहादुर गुरूङले निकालेको सूचनामा उल्लेख छ।

उनले कर्मचारी अभावका कारण अर्को सूचना जारी नभएसम्मका  लागि वडा कार्यालयको सेवा बन्द रहने जानकारी गराएका छन्। गाउँपालिकाले वडा कार्यालयमा कर्मचारी नपठाएको गुनासो पनि वडाध्यक्षको छ।

गाउँपालिका अध्यक्ष दीपक देवकोटाले वडा कार्यालयमा कर्मचारी पठाइएको दाबी गरेका छन्।

‘वडाध्यक्षले किन त्यस्तो सूचना निकाल्नुभयो मलाई थाहा भएन। वडामा सचिव, ओभरसियर, पशु सेवा प्राविधिक कर्मचारी रहन्छन्। सचिवले म वडा ४ मा काम गर्न नसक्ने भएँ भनेर गाउँपालिकामा आउनुभएको छ, उहाँहरूबीच के विवाद भयो, सबै स्थायी कर्मचारी नै हुनुहुन्थ्यो,’ अध्यक्ष देवकोटाले सेतोपाटीसँग भने, ‘हामीले वडा नम्बर ४ मा विकल्पमा गाउँपालिकामा रहेका कर्मचारीलाई पठाएका छौं। जनताका काम रोक्न मिल्दैन।’

आफू उपचारका लागि काठमाडौंमा रहे पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई वडा कार्यालयमा कर्मचारी पठाउन भनिसकेको अध्यक्ष देवकोटाले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »