काठमाडौं । बिगत तिस बर्ष देखि ग्रील तथा स्टील ब्यवसाय र त्यसमा आबद्ध कर्मचारीहरुको समेत हक हित र उत्थानको लागि काम गरिरहेको ग्रील तथा स्टील ब्यवसायीहरुको एक मात्र छाता संगठन ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको मातहतमा रहने गरि ग्रील तथा स्टील ब्यवसायीहरुको काभ्रे जिल्ला समिति गठन भएको छ ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको एक भेलाले जिल्ला समिति गठन गरेको हो । भेलाले सर्वसहमत रुपमा सत्य नारायण धाँजुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष ईश्वर खड्का,महासचिव बिवेकदास श्रेष्ठ तथा कोषाध्यक्ष मोहन श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो ।
भेलाले बरिष्ठ उपाध्यक्षमा शेर बहादुर श्रेष्ठ ,उपाध्यक्ष अभिमन्यु श्रेष्ठ, महासचिव कुमार श्रेष्ठ,सचिव विश्वभक्त प्रधान तथा कोषाध्यक्ष भरत श्रेष्ठ तथा सह कोषाध्यक्षमा गणेश गजमेर लाई निर्विरोध निर्वाचित गराएको छ ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको ९ औं महाधिवेशनबाट अध्यक्षमा ठुलोबाबु श्रेष्ठ निर्वाचित भएर आएपछि संगठन बिस्तार तथा ब्यवस्थापनमा महासंघले प्रगति गरिरहेको जनाएको छ ।
यसै बिचमा सातवटै प्रदेशमा संगठन गठन प्रकृया अगाडी बढाईएकोमा लुम्बिनी प्रदेश गठन भई सकेको तथा बागमती प्रदेश गठन प्रकृयाको अन्तिम चरणमा रहेको र अन्य प्रदेश हरुमा पनि तयारी भई रहेको महासचिव बिवेकदास श्रेष्ठले बताउनु भयो ।
आम ब्यवसायीहरुको हक हितको लागि आफुले कुनै पनि कसुर बाँकी नराख्ने भन्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठले बागमती प्रदेश समित गठन हुने बेला सम्ममा सके सम्म बागमतीको १३ वटै जिल्ला समिति गठन गर्न पहल भई रहेको बताउनु भयो ।