सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुलमान घिसिङलाई प्रश्न: लोडसेडिङ फेरि सुरू हुन्छ कि हुँदैन?

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत बढी भएर बेचिरहेको बताएका छन्। 

शुक्रबार काठमाडौंको सोल्टी होटलमा सेतोपाटीले आयोजना गरेको इभी कन्क्लेभको तेस्रो सत्र चलिरहेको छ। 

इभीः पावर स्टाबिलिटी एन्ड पोलिसी कन्सिस्टेन्सी विषयमा छलफल चलिरहेको छ। 

यही छलफलको क्रममा सहजकर्ता एवं सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले घिसिङलाई फेरी लोडसेडिङ आउँछ कि आउँदैन भनेर प्रश्न गरेका छन्। 

त्यसको जवाफमा उनले भने, ‘अहिले हामीसँग ७००/८०० मेघावाट विद्युत बढी भएर बेचिराखेका छौं। लोडसेडिङ आउँदैन भनेर मैले भन्नै परेन।’

यस सत्रमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बिवाइडी नेपालकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ वक्ता छन्। सहजकर्ता अमित ढकाल छन्।

भर्खरै

सम्बन्धित खबर

Language »