सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोरम्बा शैलुङ गाउँपालिमा भीषण पैरो : वेपत्ताको खोजी तथा उद्धारकार्य जारी

टोकरपुर । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वाडन ३ लेखखर्क भन्ने स्थानमा ८ गते राति आएको भीषण बाढी–पैरोले (छ) जनाको ज्यान लिएको छ । एकजना घाइते अवस्थामा उद्धार गरी दोरम्बा शैलुङ गाउपालिकाकै अस्पतालमा उपचार भईरहेको र आठ जना हराईरहेको मध्य चारजनाको थप लास प्राप्त भएको जम्मा मृत्यु हुनेको संख्या छ जना पुगेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिएकी छन् ।

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार जिल्ला सूरक्षा समन्वयका सवै पदाधिकारीहरु उद्धार टोलीमा बाटोमा जाने क्रममा रहेको बताएकी छन् भने पैरो प्रभावित क्षेत्रमा आसपासका सुरक्षाकर्मी, स्थानीयहरुले उद्धार र खोजी कार्य गरिराखेकाछन् हामी पनि जादैछौ भनिन् । मृतकहरुको नाम भने उनि आफैलाई पनि प्राप्त नभएको पछि एकिन भएपछि जानकारी दिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताइन ।

आठ गते राति १०ः३० मा आएको पैरोले लेखखर्क पहरी बस्ती पुरै बगाएको छ । अहिले खोजी कार्य जारी छ । स्थगत रुपमा पुगेका दोरम्बा शैलुङ गाउँपालिकाका कर्मचारी नविन पाठकका अनुसार पैरोमा परेकाहरुको जिवितै उद्धार हुने सम्भावना कम रहेको बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »