सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सहकारी पीडितहरुले आज गरे राजधानीमा विरोध प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरुले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा पीडितहरुले विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीहरुले उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकबाट र्याली निकालेका थिए । सो र्याली माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरुले ‘‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो ।

गुहार  ! गुहार !’ पाकेन भात सहकारी पीडितहरुको चुलोमा, न्याय मर्यो सरकार तिमी छौ कुन दुलोमा, नेपालभरीका सहकारी पीडितहरु एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए । 

भर्खरै

सम्बन्धित खबर

Language »