काठमाडौं । पछिल्लो समय ठगी र गुण्डागर्दी गरेको भन्दै निकै बिवादमा आई रहेका काभ्रेपलान्चोक तेमाल गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाडौं माहनगरपालिका वडा नम्बर ४ बस्ने गुण्डा नाईने भनेर चिनिने सत्यमान लामालाई काठमाडौं प्रहरीले पक्राउ गरि अदालतको फैसला कार्यन्वयन गर्न अदालतमा पेश गरे पछि उनलाई जिल्ला अदालत काठमाडौंले डिल्लीबजार कारागार चलान गरेको छ ।
चेक बाउन्स मुद्दामा २ बर्ष कैदसहित ३० लाख बिगो र ३० लाख जरिवाना फैसला सुनाइएका लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते दुई वर्ष कैद र ३० लाख बिगो तथा ३० लाख जरिवाना सजाय हुने फैसला गरेपछि लामा फरार रहेका थिए ।
पक्राउ परेका लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका तथा २०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

चेक बाउन्स मुद्दामा पक्राउ परेका गुण्डा नाइके सत्यमान लामा डिल्लीबजार कारागार चलान








