सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गा.पा.काे ”उपचार काेषमा” प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेलबाट १ महिनाकाे तलब जम्मा

काभ्रे । तेमाल गाउँपालिकाकाे २५ गते मंगलबार बसेकाे बैठकबाट ”काेराेना संक्रमण राेकथाम नियन्त्रण र उपचार काेष” स्थापना गरेकाे छ ।

गाउँपालिकाका अध्यक्ष सलाम सिँ तामाङकाे अध्यक्षतामा बसेकाे उक्त बैठकबाट ८ लाख ५० हजारकाे काेष स्थापना गरेकाे हाे । उक्त काेषमा तेमाल गाउँपालिकाका कार्यकारी अधिकृत लक्ष्मण कुँइकेलले १ महिनाकाे तलब बराबरकाे आर्थिक उपचार काेषमा जम्मा गरेका छन् ।

नेपालमा काेराेना भाइरस विरूद्धकाे अभियानका लागि केन्द्र सरकारले स्थापना गरेकाे उपचार काेषमा देशै भरका अधिकृत तहका कर्मचारीले अनिवार्य रूपमा ५ दिनकाे तलब बराबरकाे आर्थिक सहयाेग गर्नु पर्ने कार्यविधि अनुरूप तेमाल गाउँपालिकाका प्रशासकीय अधिकृत लक्षमण कुइकेलले ५ दिनकाे केन्द्र सरकारकाे काेषमा र २५ दिनकाे तलब तेमाल गाउँपालिकाकाे उपचार काेषमा जम्मा गरेकाे सारा खबरलाई उहाँले जानकारी दिनुभयो । साथै उहाँले देश विदेशमा रहेका तेमाल गाउँपालिकाका राजनीतिक दल, व्यवसायी तथा समाजसेवीहरूमा पनि याे विपदकाे घडीमा सहयाेगका लागि अपिल गर्नु भएकाे छ ।

०७६ सालमा आएकाे काेराेना भाइरसलाई ०७७ सालमा आम नेपाली जनता र तेमालका जनताले पराजित गरी काेराेना भाइरस मुक्त नेपाल हुने विश्वासका साथ ०७७ सालकाे शुभकामना व्यक्त गर्नु भयाे ।

भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »