सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली

काठमाडौं । नेपाली सेनाले गैंडाको खाग तस्करको आशंकामा मकवानपुरमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ।

बिहीबार मध्याह्न हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ।

सेनाले नियन्त्रणमा लिएका व्यक्तिको परिचय खुलाइएको छैन।

‘बिहीबार मध्याह्न पाँच राउण्ड हवाई फायर भएको हो। सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ,’ प्रहरी निरीक्षक सापकोटाले भने।

नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथि गौरव केसीले घटनाबारे विवरण लिने काम भइरहेको बताए।

भर्खरै

सम्बन्धित खबर

Language »