सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको संगठन बिस्तारमा तिव्रता : दाङमा पनि बन्यो समिति

काठमाडौं । देशै भरका ग्रील तथा स्टील ब्यवसायीहरुको एकमात्र छाता संगठनको रुपमा रहेको ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको संगठन बिस्तारमा तिव्रता आएको छ ।
बि.सं.२०५० बाट संगठित बन्दै आएको यो संघले नवौं महाधिवेशनबाट तत्कालिन प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठलाई अध्यक्षमा चुने पछि केहि नयाँकामको थालनी गरेको बताएको छ ।
सातै प्रदेश तथा ७७ जिल्लामै संगठन बनाउने योजना केहि बर्ष अगाडी देखिनै रहेको भए पनि आफु नेतृत्वमा आए पछि यसको कार्यन्वयनमा जोड दिएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
यसैबिच पहिलो प्रदेश संगठनको रुपमा गठन भएको लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्ला समिति पनि गठन भएको छ ।
महासंघका उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक बर्माको नेतृत्वमा संगठन बिस्तारको कार्य अगाडी बढाउने क्रममा दाङ जिल्ला समिति गठन भएको हो ।
पौष १३ गते सम्पन्न ग्रील तथा स्टील ब्यवसायी सघ दाङको प्रथम अधिबेशन बाट दिपक के.सि.को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
महासंघको बागमती प्रदेश गठन अन्तिम तयारीमा तथा अन्य प्रदेशहरुमा समेत संगठन बिस्तारको क्रम जारी रहेको अध्यक्ष ठुलोबाबु श्रेष्ठले बताउनु भयो ।
दाङमा संगठन बने पछि अध्यक्ष श्रेष्ठले लुम्बिनी प्रदेशलाई धेरै धरै धन्यवाद दिदै नवनिर्वाचित सम्पुर्ण पदाधिकारी सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »