निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे, राेशी गा.पा.का अध्यक्ष डिभी माेक्तानले लकडाउन उलङ्गन गरेकै हाे त ?(भिडियाे सहित)

काभ्रे । राेशी गाउँपालिकाका अध्यक्ष डिभी माेक्तानलाई लकडाउन उलङ्कन गरेकाे आराेप लागेका छन् ।

नेपाल सरकारले काेराेना भाइरस (काेभिड-१९) बाट बच्नकालागि चैत्र १० गते देखि दुई हप्ताका लागि लकडाउन घाेषणा गरेकाे थियाे । साेही अनुरूप राेशी गाउँपालिकाले पनि अत्ति आवश्यक काम बाहेक जाे काेही हिड्न नपाउने निर्णयका साथ गाउँपालिकालाई लकडाउन गर्ने घाेषणा गरियाे ।

स्थानीय तहमा हुन सक्ने सम्भावित विपत व्यवस्थापनका लागि सम्पुर्ण तयारीका साथ ”काेराेना संक्रमण राेकथाम नियन्त्रण र उपचार काेष” स्थापना गरेर मंगलटारमा ४ वेड सहितकाे क्वारेनटाइन कक्ष पनि निर्माण गरिसकेकाे स्वास्थ्य विभागमा काम गर्ने दिल रत्न शाक्यले जानकारी दिनुभयाे । उहाँका अनुसार हाल राेशी गाउँपालिकामा विदेशबाट आएकाहरू २४ रहेकाे र उहाँहरूकाे अवस्था सामान्य रहेकाे पनि बताउनु भयाे । हाल सम्म क्वारेनटाइनमा बस्न नआएकाे संवादका क्रममा बताएका छन् । आवश्यकता परेका जुनसुकै बेलामा पर्याेग गर्न मिल्ने गरी एम्बुलेन्स सेवा तयारी रहेकाे पनि उहाँले जानकारी दिनुभयाे ।

राेशी गाउँपालिका हुँदै जाने विपि राजमार्गमा लकडाउन घाेषणा भएकाे दिन देखि नै हिडेर घर जाने पैदल यात्रीहरूकाे लर्काे लाग्न थालेपछि लकडाउनकाे समयमा हिड्न नपाउने भनेर राेक्न खाेज्दा काेही पनि बस्न नमानेकाे अध्यक्ष डिभी माेक्तानकाे दाबी छ ।

चर्काे घाम, काठमाडाैँ देखि हिडेकाे पैदलयात्रीहरूकाे सडकमा नै ढल्न थालेपछि सिन्धुलीकाे सुनकाेशी गाउँपालिका वडा नं। १ सँग जाेडिएकाे सिमानासम्मका लागि सामाजिक क्षेत्रका, राजनीतिक दलहरू र प्रहरी प्रशासनसँगै छलफल गरी पैदलयात्रीहरूका लागि सहयाेग गरेकाे राेशी गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत डम्भरू दाहालकाे दाबी रहेकाे छ ।

तापनि नेपाल सरकारकाे नियमलाई उलङ्गन गरेकाे नै भएन र ? भन्ने प्रश्नमा राेशी गाउँपालिकाकाे अध्यक्ष डिभि माेक्तान यसाे भन्नु हुन्छ, ”हैन । म नेपालकाे संविधान भन्दा माथि हुनै सक्दैन । तर पनि नेपालीहरूमा मानवीयता हराएकाे छैन । भाेकभाेकै सडकमा नै ढल्दा ति पैदलयात्रीहरूकाे दयानीय अवस्थालाइआँखाले टुलुटुलु हेर्न नसकेर नै राेशी गाउँपालिकाले केही सहयाेग गरि दिएकाे हाे । त्याे पनि हामीले हाम्राे गाउँपालिकाकाे सिमाना भित्रसम्मका लागि मात्र । अर्काे कुरा बनेपा, धुलिखेलबाट नै पैदलयात्रीहरूलाइ नेपाल प्रहरीले आउन राेकेकाे भए सायद हामीले याे कार्य गरिरहनु पर्ने नै थिएन । के म एक्ले गाडी कुदाएर सडकमा हिडेकाे हाे र ? के मैले अनैतिक कार्यका लागि ति साधानहरू प्रयाेग गरेकाे हाे र ? त्यसकारण मैले लकडाउन उलङ्कन गरेकाे हैन र छैन साथै गर्ने पनि छैन । केहि अनलाइले समाचार लेखेपछि जिल्ला प्रशासन कार्यलय काभ्रेबाट मलाई फाेनआएकाे थियाे । त्यसपछि मैले यहाँ खाजा, माक्स, हातधुने साबुनकाे व्यवस्था गरेकाे छु । तर मैले लकडाउन उलङ्गन गरेकाे हाेइन र छैन ।”

साँच्चिकै भन्नु पर्दा विपि राजमार्गमा पैदलयात्रीहरूकाे अवस्था दयानीय नै छन् । काठमाडाैँबाट रातारात हिडेर भकुन्डे, राेशी, पुग्दा ति पैदलयात्रीहरूकाे अवस्था कस्ताे हाेला । हामीले भिडियाेमा पनि कैद गरेका छन् । भिडियाे हेरेर कमेन्ट, सल्लाह दिनु हाेला।

भर्खरै

सम्बन्धित खबर

Language »