सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोस्रो प्रोफेसनल हाप्किडो नेसनल च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले पहिलो

नेपालगन्ज, दोस्रो प्रोफेसनल हाप्किडो नेसनल च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले पहिलो भएको छ ।

नेपालगन्जस्थित रङ्गशालामा सम्पन्न प्रतियोगितामा लुम्बिनीले सर्वाधिक १७ स्वर्ण, १३ रजत र सात कांश्य पदक जित्दै पहिलो भएको हो ।

सुदूरपश्चिम प्रदेशले ११ स्वर्ण, नौ रजत र आठ कांश्य पदक जितेर दोस्रो भयो । कोशी प्रदेशले ६ स्वर्ण, सात रजत र सात कांश्य पदक जितेर तेस्रो भयो ।

यसैगरी सेल्फ डिफेन्स डेमोस्ट्रेसनमा पनि लुम्बिनी प्रदेशले सबैभन्दा बढी अङ्क प्राप्त गरेर पहिलो भएको छ । कोशी दोस्रो र बागमती तेस्रो भयो ।

प्रतियोगिताका पुरुषतर्फको उत्कृष्ट खेलाडी सुदुरपश्चिमका नविनबहादुर धामी र महिलातर्फ लुम्बिनी प्रदेशकी विनिता केसीलाई घोषित हुनुभयो । उदयमान खेलाडी राजकुमार महता हुनुभयो ।

बागमतीका प्रसन्न आचार्य र सुदूरपश्चिमकी विमला थापामगरलाई घोषित गरिएको छ । उत्कृष्ट प्रशिक्षक सुदूरपश्चिमका वीरबहादुर सारुमगर र लुम्बिनीकी एलिशा खड्कालाई घोषित हुनुभयो ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेशका तीन सय ५० जना खेलाडीले ५२/५२ स्वर्ण, रजत र कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । संयोजक तथा नेपाल हाप्किडो सङ् का केन्द्रिय सदस्य मोहसिन हलवाईले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »