सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रपतिले नियुक्त गरे प्रतिनिधि सभा सचिव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सचिव पदमा हर्कराज राईलाई नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले मंगलबार झापाको  शिवसताक्षी नगरपालिका वडा नम्बर २ का राईलाई प्रतिनिधि सभा सचिव नियुक्त गरेका हुन्।

प्रतिनिधि सभा सचिव बनाउन राईलाई सभामुख देवराज घिमिरेले सिफारिस गरेका थिए।

राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन्। उनी नेकपा (एमाले) निकट हुन्।

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई नियुक्त गरिएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »