सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुन गोहोरो सहित दुई जना पक्राउ





काठमाडौं । मोरङ जिल्ला बिराटनगर महानगरपालिका-१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । 

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरो सहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय मोरङ पठाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »