सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण

काठमाडौं । काठमाडौंमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ।

३०३ औं पृथ्वी जयन्तीको अवसरमा बिहानैदेखि काठमाडौंको सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नेको भिड छ। 

बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माल्यार्पण गरेका थिए। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पृथ्वीनाराय‍ण शाहको शालिकमा माल्यार्पण गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले पनि शालिकमा माल्यार्पण गरे। पृथ्वी जयन्तीकै अवसरमा राप्रपाले भृकुटीमण्डपमा चियापान समारोहको पनि आयोजना गरेको छ। 

शिब सेना नेपालले भने पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको  माल्यार्पण गरेको छ। 

भर्खरै

सम्बन्धित खबर

Language »