सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मनहरीमा सवारी दुर्घटना, ८ जना घाइते

काठमाडौँ । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शनिवार दिउँसो १ बजेको समयमा मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा स्कर्पियो र कार आपसमा ठोक्किँदा ८ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो र चितवन बाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ८ जना घाइतेलाई उपचारको लागि चितवनतर्फ पठाएको प्रहरीको भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »