सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लमजुङ प्रहरी प्रमुख निशान्त श्रीवास्तवको सक्रियता: कार्यभार सम्हालेको सय दिनमा एक सय १२ अवैध हतियार बरामद


लमजुङ, लमजुङ प्रहरीले ठूला परिमाणमा अवैध हतियार बरामद गरेको छ । जिल्लामा भारी परिमाणमा अवैध हतियार रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले दिएको तथ्यांकको आधारमा लमजुङ प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले मातहतका प्रहरीलाई परिचालन गरेपछि प्रहरीले ठूलो परिमाणमा अवैध हतियार बरामद गरेको हो ।

डिएसपी श्रीवास्तवका अनुसार जिल्लाबाट एक सय १२ थान अवैध हतियार बरामद भएको छ । उनले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटलाई अवैध हतियार खोज्न लगाएको बताए ।प्रहरीले एक सय ७ थान एक नाले भरुवा बन्दुक, दुई थान १२ बोर एक नाले, मुद्धा चलेको एक नाले भरुवा बन्दुक दुई थान, एक थान २२ बोर हर्नेट, एक थान १२ बोर दुई नाले, एक थान एक नाले बृज लोडिङ राइफल गरि एक सय १२ थान अवैध हतियार बरामद गरेको छ ।


उनले जिल्लामा सात सय ६४ थान बरामद गर्नुपर्ने हतियार भएको बताउँदै पाँच सय ४५ थान हतियारको विवरण प्राप्त भएको बताए ।ति मध्ये चार सय ७० थान हतियारको लागत प्राप्त भएको र दुई सय १९ थान हतियारको विवरण प्राप्त हुन बाँकी रहेको जानकारी दिए ।
इन्टरपोलमा रहँदासमेत राम्रो काम गरेका उनी लमजुङ प्रहरी प्रमुखको जिम्मेवारी पाउने वित्तिकै चोरी, लुटपात, जुवातास नियन्त्रणमा सक्रिय भएर लागेका छन् । छोटो समयमा राम्रो काम गरेपछि उनी सर्वत्र चर्चामा छन् ।

उनको जिल्लामा मात्र नभई प्रहरी संगठनमा समेत प्रशंसा भइरहेको छ ।उनले जिल्लामा रहेका अवैध हतियार बरामद गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धतासमेत जनाएका छन् । जिल्लामा रहेका अवैध हतियार खोज्न मातहतका युनिटलाई निर्देशन दिएको बताउँदै उनले अवैध हतियारले जिल्लामा असुरक्षा बढाएको बताए । ‘जिल्ला प्रशासनले दिएको सूचनाको आधारमा अवैध हतियार खोज्न प्रहरी परिचालन भएका छन् । बाँकी हतियार पनि चाँडै नियन्त्रणमा लिनेछौँ,’ – प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताउनुभयो।

भर्खरै

सम्बन्धित खबर

Language »