सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डिजिटल मिडियामा महिला सहभागिता , अवसर र चुनौतीबारे नेपालगन्जमा छलफल


नेपागन्ज, जिडिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मकपहलको आवश्यकता रहेको नेपागन्जमाआयोजित एक कार्यक्रममाजोड दिइएको छ ।


सन्डे कल्बलाई निरन्तरता दिदै क्रियाशिल पत्रकार महिलाबाँकेले आज नेपालगन्जमा आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता,अबसर र चुनौत् िबिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो कुरामाजोड दिएकाहुन । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न गर्दे नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँले पत्रकार महिलाहरुको आवश्यकता अनुसार डिजिटल प्लेटफममा अग्रसर भएर लागि पर्ने पत्रकार महिलाहरुलाई विश्वास दिलाउनुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्यझलक गैरेले डिजिटल मिडिया अहिलेको आवश्यकता भएकाले यसलाई कसरी सदुपयोग गर्ने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्यबिषय रहेको बताउनुभयो ।

उहाँले डिजिटल मिडियामा प्रस्तुत गरिने बिषय र प्रसंङ्गले धेरै प्रभावपार्ने बताउनुभयो । कार्यक्रमा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पुर्व अध्यक्ष उमाथापा मगरले पत्रकार महिलाहरुले डिजिटल प्लेटफमको प्रयोग गर्दे आफूलाई दक्षबनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउ नुभयो ।
उहाँले पत्रकारिता गरिरहदा देखिएका चुनौतीहरुलाई समाधान गर्दे डिटिटल प्लेटफमको प्रयोग गरेर संचार जगतमा पनि राम्रो संभावना रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतमले समस्याभित्र संभावना खोजेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउदै डिजिटल मिडिया अहिलेको जल्दोबल्दो बिषयभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी ,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी,नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन वली,समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा ,चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल ,अवधि पत्रकार संघ बाँकेका अध्यक्ष प्रलाहद विश्वकर्मा र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमा डिजिटल मिडियामा महिला सहभागिता ,अबसर र चुनौतीका बिषयमा बरिष्ठ पत्रकार शंकर प्रसाद खनालले सहजिकरण गर्नुभएको थियो ।
उहाँले डिजिटल मिडियामा सहभगिता बढ्दै गएको अवस्था मायसलाई भरपर्दे र सत्यतथ्यमा आधारित बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

विश्य मायसको प्रयोग बढेको र रुचाइ एकोले पत्रकारिता क्षेत्रमा पनि यो सुहाउदो र छरितो भएको धारणा राख्नुभयो । क्रियाशिल पत्रकार महिला बाँकेले सन्डे कल्ब अन्र्तगत आज नयाँ कार्य समिति निर्वाचित भइसकेपछि पहिलो कार्यक्रम गरेको हो ।
यसपछाडि सन्डे कल्ब अन्र्तगत ब्यक्ति विशेष सफलताका कथा मा आधारित भएर गर्ने क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले बताउनुभयो । उहाँले डिजिटल मिडिया मार्फत सूचना मुलक सामाग्रीहरु प्रसारण गर्न सकिने भएकाले यसतर्फ पत्रकार महिलाहरुलाई आकर्षित गर्दे ससत्त बनाउने उदेश्य अनुसार कार्यक्रम गरिएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »