सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौं ।  संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई भरतपुर महानगपालिका– १० बाट पक्राउ गरेको हो । अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको छ ।

उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम कारबाही हुने सूचना अधिकारी थापामगरले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »