सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको चितुवा पठाइयो चिडियाखाना

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठबाट एउटा चितुवाको उद्धार भएको छ।

बिहीबार बिहान बूढानीलकण्ठ नगरपालिकाको भंगालमा एउटा चितुवा फेला परेको हो। करिब साढे ७ बजेतिर प्रहरीलाई खबर भएको थियो। त्यसपछि प्रहरीले डिभिजन वन कार्यालय काठमाडौंमा सम्पर्क गरेको थियो।

सम्पर्क गरेपछि कार्यालयबाट खटिएको टोलीले ११ बजेतिर नियन्त्रणमा लिएको कार्यालय प्रमुख पुष्पराज बर्तौलाले जानकारी दिए।

उनका अनुसार चितुवालाई ‘डार्ट’ गरी बेहोस बनाइएको थियो। त्यसपछि नियन्त्रणमा लिइएको हो।

‘हाम्रो टोली खटिएर डार्ट गर्‍यो। उद्धार गरेर हामीले अब चिडियाखाना पठाएका छौं,’ उनले भने।

भर्खरै

सम्बन्धित खबर

Language »