सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको प्राबिधिक सहयोग तथा जय जनता जागरण कल्यााण परिषदको आयोजनामा निशुल्क आँखा चेक जाँच तथा मोती बिन्दु छनौट शिविर सम्पन्न

सर्लाही । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको प्राबिधिक सहयोग तथा जय जनता जागरण कल्यााण परिषदको आयोजनामा निशुल्क आँखा चेक जाँच तथा मोती बिन्दु छनौट शिविर सम्पन्न
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको प्राबिधिक सहयोग तथा जय जनता जागरण कल्यााण परिषदको आयोजनामा सर्लाही जिल्ला बसबरिया गाउँपालिका वडा न. ६ सहोडवा स्वास्थ चौँकीमा निशुल्क आँखा चेक जाँच तथा मोती बिन्दु छनौट शिविर सम्पन्न भएको छ ।
शिविरमा मा १०३ जनाको आँखा चेक जाँच गरिएकोमा २५ जना मोती बिन्दु छनौँटमा परेकालाई १३ गते शल्ययक्रिया को लागि सोल्टी बजारमा जान सल्लाह दिईएको छ ।
२०८१ माघ १३ र १४ गते सबै स्थान आँखा चेक जाच बाट मोती बिन्दु छनौट मा परेको हरु लाई बागमती नगरपालिका सोल्टि बजार श्री जनता नमुना मा.बि.मा अपे्रशन गर्ने तयारी समेत गरिएको छ ।
कार्यक्रम बसबरिया गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष नगेन्द्र साहको सभापतित्वमा तथा नेपाली जनतादलका अध्यक्ष तथा सभासद हरिचरण साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको बिशिस्ट अतिथिमा रमेश प्रसाद यादव वडा सदस्य ,बिनय कुमार साह सि.अहेव, चन्द्र किसोर राय, सि.अहेव चेतन राय,राम पुकार साह,सुसिला देवी ठाकुर जमी चन राय ,सीता शरण राय, रुपेश प्रसाद यादव वडा सचिव रहनु भएको थियो ।
विशष्ट अतिथि शिविर संयोजक मानवअधिकार कर्मी कुमारी बाँठा मगर (मनु) सह संयोजक सुभद्वा भुर्तेल ( खनाल ) रामजीर राय,राजेश कुमार कुशवाह ल्याव टेक्निसिएन जितेन्द्र कुमार यादव,किरण राम ,उषा यादव ।कविता कुमारी ठाकुर,उदय कुमार यादव ,उर्मिला यादव ,गायत्री कुमारी शाह ,फुलचन प्रसाद लगाएत सयौं जनाको उपस्थिति रहेको कार्यक्रम संचालन बसबरिया स्वास्थ्य चौँकीका प्रमुख लक्षमण यादव ले गर्नु भएको थियोे ।
सहयोगी संस्था तिलगंगा आँखा प्रतिस्ठानका टिम लिडर भुपेन्द्व गौँतम को नेतृत्वमा सन्तोष कुमार यादव ,ललित पन्त ,अन्जु सुवाल ,इभान्जली चौधरी रहनु भएको थियोे ।

भर्खरै

सम्बन्धित खबर

Language »