सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सर्लाही बरहथवा नगरपालिका सैतपुर स्वास्थ्यचौकीमा निशुल्क आँखा चेकजाँच तथा मोतीबिन्दु छनौट शिविर सम्पन्न

काठमाडौं । जयजनता जागरण कल्याण परिषद आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राबिधिक सहयोगमा सर्लाही बरहथवा नगरपालिका वडा नं.१४ सैतपुर स्वास्थ्यचौकीमा निशुल्क आँखा चेकजाँच तथा मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ ।
शिविरमा १९८ जनाको चेकजाँच भएकोमा ४२ जना लाई बिभिन्न अप्रेशनका लागि सोल्टी बजारमा १२ गते जान सल्लाह दिईएको थियो । कार्यक्रममा सहयोगी संस्था तिलगंगा आँखा प्रतिष्ठान काठमाडौले सहयोग गरिरहेको छ ।
निशुल्क आँखा शिविर कार्यक्रमका सभा अध्यक्षता १४ नं. वडाका अध्यक्ष दिपेन्द्र प्रसाद यादव ले गर्नु भएको थियोे भने प्रमुख अतिथि संबिधानसभा सदस्य हरिचरण साह विशेषअतिथि सैतपुर स्वास्थ्यचौकी प्रमुख सुनिल कुमार चौधरी, १४नं.वडा सचिव गोविन्द राय, जेष्ठ नागरिक १०२ बर्षका राम चन्द्र दास, जेष्ठ नागरिक९३ बर्षका राम प्रसाद साहु, अहेव बिरेन्द्र प्रसाद यादव सिंह, अनमि सविना बस्नेत कार्यालय सहायक राजेश कुमार यादव, शिक्षिका सुनैना कुमारी महत्तो, शिक्षिका किरण कुमारी महत्तो, वडा सदस्य सुमित्रा देवी राम, कार्यक्रम संयोजक तथा मानवअधिकारकर्मी कुमारी बाँठा मगर ( मनु ), सह संयोजक सुभद्वा भुर्तेल ( खनाल ) रहनु भएको थियो ।
कार्याक्रमको बिशेष सहयोगी संस्था तिलगंगा आँखा प्रतिष्ठान काठमाडौका प्राबिधिक टिममा टोली प्रमुख सरोज देवकोटा, भुपेन्द्व गौतम, सन्तोष यादव, अर्जुन घले, संम्झना ठकुरी, सरिता शाह, राज भर को टिम ले आँखा चेक जाच गरेको थियोे ।
निशल्क शिविर संचालन पछि स्थानियहरु खुसी भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »