सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सयौं अभियन्ताको उपस्थितिमा चक्रपथ सरसफाई महाअभियानको ४०८ औं हप्ताको कार्यक्रम सम्पन्न

काठमाडौं । ७२ ओैं विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा नेपाल कुष्ठरोग निवारण संघ, चक्रपथ सरसफाई महाअभियान, लायन्स क्लव, रोटरी क्लव, स्वास्थ्य समृद्धि समूह शंखपार्क लगायको संयुक्त आयोजनामा आज २०८१ माघ १२ गते शनिबारका दिन कुष्ठरोग सम्बन्धि तथा सरसफाई सम्बन्धी बृहत् जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम चक्रपथ सरसफाई महा अभियानका सकृय अभियन्ता जित बहादुर हमालले सन्चालन गर्नु भएको हो ।
कार्यक्रममा चक्रपथ सरसफाइ अभियानका संयोजक लोकबहादुर टण्डन,नेपाल कुष्ठरोग निवारणसंघका उपमहासचिव विष्णुलाल श्रेष्ठ, बुनपा वडा नं. ९ का वडा अध्यक्ष सुमित्रा त्रिपाठी , रोटरी क्लवका अध्यक्ष र पूर्व एसएसपी एव अधिवक्ता राजकुमार वैदवार, आईडिया नेपालका कार्यकारी प्रमुख अमर तिमिल्सिना , हिमालयन वातावरण प्रालिका संचालक भूपाल आचार्य, सक्रिय सामाजिक अभियन्ता डिबी पराजुली, राष्ट्रिय गायक तथा अभियन्ता तिलक बस्नेत र सामाजिक अभियन्ता डा.पुष्कर काफ्लेले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।
अधिकांश वक्ताले कुष्ठरोग ओैषधि उपचारबाट निको हुने सामान्य रोग भएको तथा कुष्ठप्रभावितप्रतिको भेदभावको अन्त्य हुनपर्ने धारणा राख्नुभयो । यसैसरी उहाँहरूले सरसफाइ सभ्यताको प्रतीक हो र सफा, सुन्दर र स्वच्छ वातावरण निर्माण गर्नका लागि सबैको प्रयास आवश्यक रहेको बताउनु भएको थियो ।
आजको ४०८ ओै हप्तामा पूर्व एसएसपी शम्भु उप्रेती, संघका उपकोषाध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ , ज्येष्ठ अभियन्ता एव समाजसेवी तोयानाथ पौडेल, सीताराम लामिछाने, संघका केन्द्रीय सदस्य देवेन्द्रभक्त श्रेष्ठ, सक्रिय अभियन्ताहरू लिला खनाल, पुण्यरत्न वज्राचार्य, उत्तम घिमिरे लगायत सयौं महानुभावहरू र अभियन्ताहरूको उपस्थिति रहेको थियोे ।
ग्रीनसिटी अस्पताल देखि गोंगबु चोकसम्म माईकबाट जनचेतनामूलक सन्देश प्रवाह सहित ¥याली गरिएको थियो । यो कार्यक्रम सम्पन्न बनाउन हातेमाले गर्नुहुने सबैमा चक्रपथ सरसफाई अभियानको तर्फबाट सहभागी सबैप्रति हार्दिक आभार प्रकट गरिएको थियो ।
अभियानको क्रममा आज जन्मदिन परेका सकृय अभियन्ता सुन्दर खनाललाई सबै अभियन्ताहरुले जन्मदिनको शुभकामना दिदैं केक काटेर जन्मोत्सव समेत मनाईएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »