काठमाडौं । बुटवल टेक्निकल ईन्सिच्युट ट्रेडमेसन एसोसिएसन(बिटा)को राष्ट्रिय अध्यक्षमा सुनिल कुमार अमात्य चयन भएका छन् ।
बिटाको १२ औं राष्ट्रिय भेला तथा २० र्औ साधारणसभा बाट अमात्य राष्ट्रिय अध्यक्षमा चयन भएका हुन् ।
लुम्बिनी प्रदेशको प्रतिष्ठित प्राबिधिक शिक्षालयको रुपमा स्थापित भएको बुटवल टेक्निकल ईन्सिच्युटबाट अध्ययनगरि बिभिन्न पेशा र व्यवसायमा आबद्धहरुको संगठन बिटाले बुटवलमा आफ्नै केन्द्रिय कार्यालय समेत निर्माण गरिसकेको छ ।
बिटाको राष्ट्रिय अध्यक्षमा निर्वाचित सुनिलकुमार अमात्य ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंका निर्वाचित अध्यक्ष समेत हुन् ।
बिभिन्न समाजिक कामहरुमा समेत सकृय अमात्य बिटाको राष्ट्रिय अध्ययक्षमा निर्वाचित भए पछि बिटाले अझ नयाँ नयाँ कार्ययोजनाहरु बनाएर अगाडी बढ्ने अनुमान गरिएको छ ।
राष्ट्रिय अध्यक्ष निर्वाचित भए पछि अमात्यलाई सामाजिक सन्जाल मार्फत सयौं बधाई तथा सफल कार्यकालको शुभकामनाहरु आई रहेका छन् ।









