सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किष्ट अस्पतालको शौचालयभित्र युवक मृत फेला

काठमाडौं। ललितपुरको किष्ट अस्पतालभित्रकै शौचालयमा एक युवक मृत फेला परेका छन्।

महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित किष्ट अस्पताल भित्रको इमरजेन्सी पछाडी रहेको शौचालयभित्र सोही नगरपालिका ८ बिशुन्डोलका ३१ वर्षीय सन्दिप रावल मृत फेला परेका हुन् ।

साथीको बुबा बुरामी भएकाले उक्त अस्पतालमा भर्ना भएका थिए। बिरामी भेट्न अस्पताल पुगेका उनी शौचालयभित्रै मृत फेला परेको हुन्। थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »