काठमाडौं । सुन्दर परिकल्पना सक्षम समाजको आयोजना तथा माईन्ड प्लसको सहजिकरणमा नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।
काठमाडौँ बुढानीलकण्ठ १० कपन नारायणचोक स्थित बज्रयोगिनी डान्स एण्ड म्युजिक सेन्टरको हलमा संस्थाकी अध्यक्ष कुमारी बाँठामगर(मनु)को सभापतित्व तथा बुढानीलकण्ठ नगरपालिकाकी निवर्तमान उपमेयर हेमा अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बढानिलकण्ठ १० का वडा अध्यक्ष तथा प्रवक्ता नवराज भट्टराई,प्रहरी प्रभाग कपनका निरिक्षक मोहन कुमार खड्का संस्थाका सल्लाहकार रामहरी भण्डारीको उपस्थिति रहेको थियो भने प्र.ह.प्रमोद कुमार शाह,प्र.स.ह.सन्तोष कुमार भण्डारी,मिडियाकर्मी डि.बि. पराजुली, प्रशिक्षक नवीन पल्लव,युवा नेता प्रदिप मैनाली, सुदिप खड्का,रोज बहादुर तामाङ, बज्रयोगिनी डान्स एण्ड म्युजिक सेन्टरका सरोज गदाल लगायत अतिथिको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु सुभद्रा भुर्तेल खनाल,नानीमैया श्रेष्ठ,कोपिला तामाङ,चन्द्रकला थापा नानीमैया बराल,सृष्टी खनाल लगायतले सहभागिता जनाएका थिए ।
कार्यक्रममा माईन्ड प्लसका प्रवन्ध निर्देशक नविन “पल्लव”प्रमुख प्रशिक्षकको रुपमा रहेका थिए ।
कार्यक्रम सफलताको शुभकामना दिंदै प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाकी निवर्तमान उपमेयर हेमा अधिकारीले महिला शसक्तिकरणको अभियानमा आफ्नो सदैव साथ रहने बताईन् । त्यस्तै वडा नं.१०का वडा अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराइले आफ्नो वडामा यसरी कार्यक्रमहरु गरेकोमा संस्थालाई धन्यवाद दिदै आगामी दिनहरुमा सहकार्य गरेर अगाडी बढ्ने बिचार व्यक्त गरेका थिए ।

सिकेका कुराहरुलाई जिवन व्यवहारमा लागुगर्न नसके यस्ता कार्यक्रम तथा तालिमको महत्व घट्ने भएकोले बन्द कोठा भित्र सिकेका नयाँ नयाँ कुराहरुलाई जिवन व्यवहारमा लागु गरेर आफ्नो व्यक्तित्वको प्रभावले नेतृत्व गर्ने क्षमता राख्न सबै प्रशिक्षार्थीहरुलाई प्रशिक्षक नविन “पल्लव”ले आग्रह गरेका थिए ।
प्रशिक्षक नविन “पल्लव”ले यो समाज रुपान्तरणको अभियानमा लागेका संस्था तथा व्यक्तित्वहरुलाई प्रभावशाली बनाउन माईन्ड प्लसले सकारात्मक भुमिका निर्वाह गर्दै आएको र आगामी दिनमा समेत गर्ने बताउनु भयो ।
तालिममा सहभागी सबैजनाले यो तालिमले संस्था संचालनमा सहजता ल्याउने मात्र नभई जिवन व्यवहारमा समेत प्रभाव पार्ने बताउँदै तालिम समय छोटो भएको बिचार व्यक्त गरेका थिए ।
यो तालिमको प्रभावकारीता आज हलमा नभै भोलिबाट सहभागिले गर्ने व्यवहारबाट प्रष्ट हुने भन्दै संस्थाकी अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष कुमारी बाँठा मगर (मनु)ले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।








