सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लिटल बुद्धज एकेडेमीको २७ औं अभिभावक दिवस भव्यताका साथ सम्पन्न

काठ​माण्डौ । ग​त​ माघ​ १८ गते शुक्रबार काठमाडौं १५, स्वयम्भूस्थित लिटल बुद्ध आफ्नो २७ औं अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ।

कार्यक्रम नेशनल प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष समेत रहनु भएका विद्याल​य​का संस्थापक प्राचार्य नारायण कुमार कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि नेशनल प्याब्सन केन्द्रका उपाध्यक्ष तथा ऐजन डल्लु चागलमा सञ्चालित दिव्य ज्ञान स्कुलका प्राचार्य डम्बर कार्की र प्रसिद्ध शिक्षण तालिम प्रस्तोता डा. उत्तम दाहाल रहनुभएको थियो। विशेष अतिथिमा नेशनल प्याब्सन बागमती प्रदेश समितिका सह-कोषाध्यक्ष तथा बसुन्धारास्थित माउन्ट ग्लोरी स्कुलका प्राचार्य गणेश श्रेष्ठको उपस्थिति रहेको थियो। अभिभावकहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा फ्रान्सेली, चिनियाँ, बर्मिज अभिभावकहरूको सहभागिताले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेको थियो। तहगत रूपमा प्रस्तुत गरिएका सांस्कृतिक प्रस्तुति विद्यार्थीहरूको आकर्षक एवं रचनात्मक क्षमताको झल्को दिने खालका थिए।

विद्यालयको तेस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो। साथै, राष्ट्रिय सेवा दलबाट उतिर्ण भएका १४ वर्षमाथिका ३६ जवान छात्र(छात्राहरूलाई पनि विशेष रूपमा सम्मान गरिएको थियो। अभिभावकहरु ,शिक्षक शिक्षिका तथा कर्मचारीहरु सम्मानित हुनुभएको उक्त कार्यक्रममा शैक्षिक तथा अतिरिक्त गतिविधिमा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरु तथा राष्ट्रिय सेवा दल (NCC)बाट उतिर्ण भई दिक्षित हुनुभएका १४ बर्ष माथिका ३६ जवान छात्र छात्राहरू सबै सम्मानित तथा पुरस्कृत हुनुभएको थियो । 

कार्यक्रममा संस्थापक प्राचार्य नारायण कुमार कार्कीले सभापतिको आसनबाट आफ्नो मन्तव्यमा राख्नुहुँदै अभिभावकहरूको विश्वास र सहकार्यबिना कुनै पनि शिक्षण संस्था पूर्ण हुन नसक्ने कताउँदै भन्नुभयोः ‘विद्यालय भनेको केवल पढाइको केन्द्र मात्र होइन, यो संस्कार, अनुशासन र सिर्जनशीलताको आधारभूमि हो।

विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षासँगै जीवनोपयोगी सीप प्रदान गर्दै उनीहरूको उज्जवल भविष्य सुनिश्चित गर्नु हाम्रो मुख्य उद्देश्य हो। अभिभावकहरूको विश्वास र सहकार्यबिना कुनै पनि शिक्षण संस्था पूर्ण हुन सक्दैन।’ कार्यक्रमले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याएको कार्कीले ब​ताउनुभ​यो ।

कार्यक्रममा विशिष्ट अतिथि डम्बर कार्कीले आफ्नो सारगर्भित मन्तव्य राख्दै विद्यार्थीहरूको बहुपक्षीय विकासका लागि अभिभावक र विद्यालयबीच सशक्त सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

यस अभिभावक दिवस तथा आसन्न माघ २१ गते श्रीपन्चमी र सरस्वती पूजा लक्षित पूर्व प्राथमिक तह नि:शुल्क भर्ना आवह्वान पूर्णरूपमा सफलीभुत भई कक्षा प्ले-ग्रुप , नर्सरी देखि कक्षा ५ सम्म दर्जनौं बालबालिकाहरु भर्ना हुनुभएको विद्यालयले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »