सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य स्थिर रहेको छ।आइतबारदेखि स्थिर रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ।

आइतबार प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »