सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साँखुमा कार्यरत एक जना महिला प्रहरी मृत फेला

काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग साँखुमा कार्यरत एक जना महिला प्रहरी मृत फेला परेकी छन्।

बुधबार मध्याह्नमा प्रभागको ब्यारेकमा एक जना महिला प्रहरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

उनका अनुसार मृतक प्रहरी जवान २३ वर्षीया निशा चौधरी हुन्। उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

बर्दियाबाट उनको परिवार फर्किँदैछन्। प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ। उनका श्रीमान वैदेशिक रोजगारमा रहेको स्रोतले बतायो।

भर्खरै

सम्बन्धित खबर

Language »