सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेग्मीले पाए जनमत पार्टीको प्रशासकीय समन्वय विभागमा सचिव

काठमाडौं । बिगत लामो समयदेखि नेपाली राजनितिमा सकृय रहँदै आएका मनीराम रेग्मीलाई डा.सिके राउत नेतृत्वको जनमत पार्टीले प्रशासकीय समन्वय विभागमा सचिवको जिम्मेवारी दिएको छ ।
केहि समय अगाडी यस पार्टीमा प्रवेश गरेका रेग्मीलाई समितिको बैठकले सो पदको जिम्मेवारी दिएको हो ।
वि.सं. २०४५ साल माघ १ गते बुबा स्वर्गीय जयराज रेम्मी र आमा जलु रेग्मीको पहिलो सन्तानको रुपमा जन्मिएका रेग्मी बाल्यकालबाटै भातरको दिल्लीमा बसेका हुन् ।
रेग्मीले भारतको नयाँ दिल्लीमा प्रारम्भिक शिक्षा त्यहिँको सरकारी स्कुलमा लिएका हुन भने बडिमालिका क्याम्पस बाजुरा बाट बिएड सम्मको शिक्षा हासिल गरेका छन् ।
विगत १५ वर्ष देखि नेपालको सक्रिय राजनीतिको आसपासमा रहेर सकृय भएका रेग्मी जनमत पार्टीको बाजुरा जिल्ला ईन्चार्जको रुपमा आबद्ध भएका हुन् ।
रेग्मी अहिले प्राय काठमाडौं र भारतको नयाँ दिल्लीमा रहने भएकोले समितिले पार्टीको प्रशासकीय समन्वय विभागको सचिव पदमा मनोनित गरेको पार्टी श्रोतले जनाएको छ ।
लामो समय भारतबसेका रेग्मीको भारतीय नेताहरुको सम्बन्ध राम्रो रहेको छ । रेग्मी ले भारतमा रहेको बेला राष्ट्रिय स्वयंसेवक संघ,विश्व हिन्दु परिषदमा रहेर कार्य गरेका थिए ।
आईटि क्षेत्रमा दक्षता राख्ने रेग्मीले बिभिन्न संचार माध्यमहरुमा समेत प्रबिधिकको भुमिकामा कार्य गरेका थिए ।
बाजुरा जिल्लालाई काठमाडौंसंग जोडेर बिकासको मोडल बनाउन सके बाजुराका आम नागरिकले जीवन गुजारा चलाउनकै लागि भारततिर धाउनुपर्ने बाध्यता हट्ने भन्दै रेग्मीले राजनैतिक दवाव मार्फत संमृद्ध बाजुरा निर्माण गर्न आफु सकृय राजनीतिमा आएको बताए ।
युवा नेतृत्व बाट मात्र परिवर्तन सम्भव भएकोले युवाहरुलाई कसरी राजनीति प्रति आकर्षित गराउन सकिन्छ भनेर पार्टीले योजना बनाईरहेको रेग्मी बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »