सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पत्रकार रविन प्रसाद थपलियाको पहलमा २१ बर्ष पछि सुधराम चौधरीले भेटे आफ्नो परिवार

काठमाडौं । सम्पुर्ण पारिवारिक विवरण समेत बिर्सिएर २१ बर्ष देखि परिवारबाट सम्पर्क बिहिन बनेका सुधराम चौधरीले पत्रकार रविन थपलियाको पहलमा आफ्नो परिवार संग भेट गरेका छन् ।
पत्रकार थपलियाकै बिशेष पहलमा चौधरीले नेपाली नागरिकको नागरिकाता समेत पाएका हुन् ।
चौधरीको पारिवारीक पुनर्मिलनको बारेमा पत्रकार थपलियाले आफ्नो आधिकारीक फेसबुकमा यस्तो लेखेका छन् ।
“ करिब २१ बर्ष अगाडी परिवारसंग छलीएर कैलालीबाट काठमाण्डौं आईपुगेका सुधराम चौधरीलाई अन्तत परिवारसंग पुनर्मिलन गराउने प्रयास सफल हुंदैछ । कैलालीको टिकापुर स्थीत भुमिहिन कमैया शिविरमा उनका परिवारहरु बस्ने रहेछन् । २१ बर्ष अगाडी त्यहाँबाट हराएका चौधरीका अनेकन पिडा र संघर्षका कथाहरु रहेका छन् । सानै उमेरमा आमा गुमाएको मात्र याद भएका सुधरामलाई बुबाको नाम समेत थाहा थिएन । ३ जना दाजुहरुको नाम मात्र थाहा भएका यिनको परिवारसंग करिब एक साता अघि मात्र सम्पर्क भएको छ । भोली सुक्रबार या शनिबार यिनलाई लिएर म कैलालीको टिकापुर जाँदै छु । बषौं पछि परिवारसंग पुनरमिलन हुंदाको त्यो सुखद क्षणलाई मैले क्यामेरामा कैद अवश्य गर्नेछु । टिकापुरमा यिनको परिवारसंग पुनरमिलन गराएर यिनलाई नागरिकता दिलाउन प्रयास गर्नेछु । भुमिहिनको शिविरमा बस्ने यिनका बुबा निकै बृद्ध रहेको र बिरामी पनि रहेको भन्ने समेत जानकारी आएकाले चाँडैनै ति बृद्ध बाबालाई बषौं देखि हराएको आफ्नो कान्छोछोरा भेटाउन चाहिरहेको छु ।”

“परिवारबाट टाढा भएको करिब २१ बर्ष पछि आज निकै लामो प्रयास पछि सुधराम चौधरीलाई आज परीवारसंग पुनरमिलन गराउन सफल भएको छु । कैलालीको टिकापुर स्थीत कमैया शिविरमा बसोबास गर्ने उनका बृद्ध पिता बिसुराम चौधरी, दाजुहरु रामकृष्ण चौधरी,बिसुराम चौधरी र भाउजु लगायत परिवारसंग आज साँझ पुनरमिलन भएको छ । करिब ७५ बर्षका उनका बुबा २१ बर्ष पछि कान्छो छोरा घर र्फकंदा निकै भाबुक बन्नुभयो । बिरामी ति बुबाको मुहारमा देखिएको खुसीले काठमाण्डौं देखि २० घण्टाको यो यात्राको थकान निकै हल्का भएको महसुस भयो । हामीलाई उनका बुबा सम्म पुग्न सहयोग गर्नुहुने सामुदायीक रेडियो टिकापुर एफ एमका स्टेशन मेनेजर आदरणीय एकेन्द्र तिमिल्सीनालाई विशेष आभार प्रकट गर्दछु । साथै यो यात्रा सम्म पुग्नको लागि मलाई प्रेरणा र हौसाल प्रदान गर्नुहुने नेपाल प्रहरीका डिआइजी आदरणीय दाजु गोविन्द थपलिया प्रति आभार प्रकट गर्दछु । आज साँझ सुधरामलाई परिवारसंग पुनरमिलन पछि भोली उनको नागरिकता बनाउनको लागि पहल गरिंदै छ । सुधरामका काठमाण्डौं देखि टिकापुर सम्मको यात्रा, पुनरमिलन र नागरीकता बनाउदा सम्मका क्षणहरुलाई हामीले भिडियोमा कैद गरेका छौं । सुधरामको नागरिकता बनाउने काम भोली मात्र सुरु हुनेभएकाले उनका ति २१ बर्षका तिता मिठा अनुभब सहित यात्राका सुख र दुखद क्षणलाई हामीले चाँडै भिडियो मार्फत यहाँहरुमाझ राख्नेनै छौं । ”


“दुई दिन लामो प्रशासनीक प्रकृया पुरा गरी अन्तह सुधराम चौधरीले इलाका प्रशासन कार्यालय कैलालीबाट नेपाली बंशजको नागरिकता प्राप्त गरेका छन् । परिवारसंग २१ बर्ष पछि पुनरमिलन भएका सुधरामलाई परिवारसंग सहमती गराएर नागरिकता दिलाउन त्यती सहज त अवश्य थिएन् । चौधरी बस्तीमा नेपाली भाषा कम बोलीने रहेछ । मलाई थारु भाषा नआउने र सुधरामले सानैमा घर छाडेर हिडेकाले उनलाई समेत स्थानीय भाषा नजान्दा परिवारसंग कुरा गर्न र बुझाउन निकै समस्या भयो । त्यस्तै भारतको सिमानामा रहेको कैलालीमा नागरिकता बनाउन त्यती थिएन् । ३३ बर्षको उमेर सम्म नागरिकता नलिनुको कारण, त्यही परिवारका व्यक्ति हुन वा होइनन ? उनको चारित्रीक प्रमाणपत्र लगायत धेरै प्रमाणहरु वडा र इलाका प्रशासन कार्यालयमा दुई वटा सरजमीन तथा मुलुल्का लगायतका यावत प्रमाणहरु पुरा गरेर सुधरामलाई नागरिकता दिलाउन सफल भएको छु । सुधरामलाई नागरीकता दिलाउन सहयोग र समन्वयकारी भुमिका निर्वाह गरिदिनुभएकोमा इलाका प्रशासन कार्यलय कैलाली, इलाका प्रहरी कार्यलय टिकापुर कैलाली, तथा इप्रकाका इन्चार्ज डिएसपी नबिनराज बुढाथोकी, प्रमोदजंघ शाह,सामुदायिक रेडियो टिकापुरका स्टेशन मेनेजर एकेन्द्र तिमिल्सीना, टिकापुर नगरपालिका वडा नं २ का कार्यवाहक अध्यक्ष आदरणीय खम्म ठगुन्ना, वडा कार्यालयका कर्मचारी दिपेन्द्र शर्मा लगायतलाई हार्दिक धन्यवात दिन चाहन्छु । साथै मलाई यस कार्यमा लाग्न उत्प्रेरणा प्रदान गर्नुहुने नेपाल प्रहरीका डिआइजी आदरणीय दाई गोविन्द थपलिया प्रति विशेष आभार प्रकट गर्दछु । यस अभियानमा काठमाण्डौं देखि साथ दिएर संगै यात्रा गर्नुहुने आदरणीय दाई युगप्रसाद शर्मा, बलराम खड्का मामा सहितलाई धन्यवात दिन चाहन्छु । सुधराम टिकापुरबाट हामीसंगै र्फकिएका छन् । टिकापुर हुंदै अहिले हामी नेपालगञ्ज आइपुगेका छौं । यस सामाजिक अभियानमा मलाई विभिन्न हिसाबले सहयोग गर्नुहुने सवै प्रति विशेष आभार प्रकट गर्दछु ।”

भर्खरै

सम्बन्धित खबर

Language »