नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४३औं जिल्ला बार्षिक साधारण सभा खजुरामा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि डम्बर बहादुर वि.क.ले रेडक्रस संस्थापक जाँ हेनरी ड्युनाको मानवतावादी अभियानको चर्चा गर्दै महान कार्य नै मानवता हो भन्दै रेडक्रसको सहकार्यमा विपद् व्यवस्थापन र रक्तसंचार सेवा इकाई संचालनमा पालिकाको सहयोग निरन्तर रहने बताउनु भयो ।

कार्यक्रमलाई समिक्षात्माक सम्बोधन गर्दै नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले समुदाय स्तरमा रेडक्रसबाट प्रवाह गर्नुपर्ने सबै प्रकारका मानवीय सेवाहरु जिल्ला शाखाले उपशाखाहरु मार्पmत जिल्लाभर प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको कुरा उल्लेख गर्दै सरकारको सहयोगी निकायको हैसियतमा सबै सरोकारवालाहरुसँग समन्वय गर्दै सेवा प्रवाह गरिरहेका बताउनु भयो ।
सभामा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले आ.ब. २०८०/०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरीमा ६ लाख ३५ हजार ७ सय ५२ जनालाई सेवा प्रवाह गरेको बताउनु भयो र उहाँले आ.ब. २०८२/०८३ को प्रस्तावित कार्यक्रम तथा शाखाका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आ.ब.२०८०/०८१ लेखा परीक्षण प्रतिवेदन र आ.ब.२०८२/०८३ को लागि रु. ३ करोड ६ लाख ६१ हजारको प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो । प्रस्तावित साधारण तर्फको बजेटमा ११ लाख ७२ हजार ५ सयको न्यून बजेट रहेको जानकारी दिनु भएको छ ।
सभामा आ.ब.२०८०/०८१ मा बर्षभरी १७ उपशाखा मध्ये उत्कृष्ट सेवा गरे वापत बार्षिक कार्यसम्पादन मूल्यांकनको आधारमा नेरेसो खजुरा उपशाखालाई उत्कृट सेवा पुरस्कार प्रदान गरिएको छ । यसैगरी जुनियर तथा युवा गतिविधि अन्र्तगत युवा रेडक्रस सर्कल सिद्देश्वर मा.वि. सिधनवालाई उत्कृष्ट सर्कल र सोही विद्यालयका शिक्षकनायक दिर्घराज बजगाईलाई उत्कृष्ट शिक्षकनायक घोषणा गरी नगद पुरस्कार सहित सम्मान गरिएकोे छ ।
नेरेसो सितापुर उपशाखाको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्तरीय प्र.अ.तथा शिक्षकनायक गोष्ठीको अतिथ्यता प्रदान गर्ने युवा रेडक्रस सर्कल योगिनी मा.वि.लाई प्रंशसा पत्र प्रदान गरिएको छ भने अतिथ्यता गर्ने उपशाखाले प्रमुख, विशिष्ट अतिथि र सबै उपशाखाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा ध्रबुतारा मा.वि., इन्टीग्रेटेड र गुराँस मा.वि.का छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।
बन्द सत्रमा सभासद्हरुले प्रस्तुत कार्यक्रम र बजेट माथि छलफल गरी आवश्यक सुझाव सहित मन्त्री र कोषाध्यक्षको प्रतिवेदन स्वीकृत गरेका थिए । बन्दसत्र शाखाका उपमन्त्री तेजबहादुर सुवेदीले संचालन गर्नु भएको थियो ।
नेरेसो सितापुर उपशाखाका सभापति यमनारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर वि.क., उपाध्यक्ष मञ्जु मल्ल, २ नं. वडाका वडा अध्यक्ष धनराम वली, पूर्व संघीय संसाद नन्दलाल रोकया, सहायक प्र.जि.अ. खडानन्द खत्री, नेरेसो बाँकेका सभापति गोवर्धन सिंह सम्झना, उपसभापति शान्ति श्रेष्ठले स्वागत मन्तव्य र कोहलपुर उपशाखाका सभापति संजय पन्त लगायतले विचार व्यक्त गर्नु भएको थियो भने कार्यक्रम शाखाकी बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले कार्यक्रम संचालन गर्नु भएको थियो ।