सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बी.पी.काँग्रेसले गरेको जलपान कार्यक्रमको एउटै मन्चमा देखिए केशर बहादुर बिष्ट देखि भिम रावल सम्म

काठमाडौं । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस बी.पी.ले आयोजना गरेको जलपान कार्यक्रममा पंचायतकालिन मन्त्री केशर बहादुर बिष्ट, नेता देवी प्रसाद ओझा,भर्खरै मात्र एमालेबाट अलग्गिएका नेता डा.भिम रावल,मालेका महासचिव सि.पि.मैनाली तथा राष्ट्रिय मोर्चाका संयोजक सुवास पोखरेल लगायतका नेताहरुलाई एउटै मन्चमा देखिएको छ ।
बी.पी.काँग्रेसका सभापति सुशिलमान शेरचनको सभापतित्वमा भएको जलपान कार्यक्रममा बी.पी.काँग्रेसको भखैरै सम्पन्न केन्द्रिय समितिको पुर्ण बैठकले गरेका केहि महत्वपुर्ण निर्णयहरु सार्वजानिक गर्ने भनिएको भएपनि प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा पुर्व राजा ज्ञानेन्द्र शाहले केहि राजनैतिक अर्थ राख्ने वक्तव्य जारि गरेपछि राजनैतिक वृतमा हलचल भएको भन्दै आन्दोलनको कार्यक्रम सार्वजानिक गरिएन ।


बी.पी. काँगेसले बैसाख १० गते बाट देशै भरि संगठन शुदृढ र खवदारी अभियान सन्चालन गर्ने गरि केन्द्रिय समितिको बैठकमा निर्णय गरेको भए पनि वर्तमान राजनैतिक अवस्थाको फेरबेदलको कारण निर्णय सार्वजानिक नगरिएको एक नेताले बताएका छन् ।
जलपान कार्यक्रममा बोल्दै मातृ भूमि जागरण अभियानका मुख्य अभियन्ता डा.भिम रावलले तर्वमान के.पी. सरकार पंचायत भन्दा पनि तल्लो स्तरको हर्कतमा उत्रेको आरोप लगाएका छन् ।
सिद्धान्त र संगठन अनि पार्टी भन्दा माथि देश हुन्छ तसर्थ देशको लागि राम्रो हुन्छ भने आफु हरेक शक्ति संग सहकार्य गर्न तयार रहेको डा.भिम रावलले बताएका थिए ।
कार्यक्रममा बोल्दै मालेका महासचिव सि.पि.मैनालीले ईतिहासमा जान अन्जानमा आफु र आफ्नो पार्टीले समेत गल्ति गरेको हुन सक्ने भन्दै यदि त्यस्तो कुरा आम नागरिकले औलाईदिए त्यसलाई आत्माआलोचना सहित सच्चिएर अगाडी बढ्न आफु तयार रहेको बताए ।
नेता देवी प्रसाद ओझाले सत्ताभक्तहरुको राजनैतिक रवैया देखेरनै आफुले २० बर्ष अगाडीनै सदस्यता खारेज गरिदिएको बताउँदै देशको लागि अब सबै शक्ति एकहुनुको विकल्प नरहेको बताए ।


पंचायतकालिन पुर्वमन्त्री तथा राष्ट्रिय शक्ति नेपालका संयोजक केशर बहादुर बिष्टले कार्यक्रममा आफ्नो मनतव्य राख्ने क्रममा ईमान्दार पंचे भएको कारणनै आजसम्म छातिफुलाएर र सबसंग आँखा जुधाएर बाँच्ने हैसियत आफुसंग भएको बताए । उनले राजाले आम जनताको भावना बमोजिम आफ्नो सुख सुबिधा ,भोग बिलासिता सबै त्यागेको आवश्यकता परे अब के त्याग गर्न पर्नेहो त्यो पनि तयार भएको भन्दै एकपल्ट देश र जनताको लागि आफुलाई साथ दिन आह््वान गरेकोले संपुर्ण प्रजातान्त्रिक शक्तिहरु एकजुट हुन आग्रह गरे ।
कार्यक्रममा पार्टी सभापति सुशिलमान शेरचन,केन्द्रिय पदाधिकारी प्रधुम्न कार्की तथा एक केन्द्रिय नेतृको आज परेको जन्मदिन समेत मनाईएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »