काठमाडौं । काभ्रेको बनेपास्थित एउटा होटलमा युवती मृत फेला परेकी छिन् ।
होटल भ्यू एन्ड पाहुना घरको दोस्रो तल्लाको कोठा नम्बर ११५ मा बनेपा नगरपालिका-६ बुडोलकी २३ वर्षीय शर्मिला श्रेष्ठ मृत फेला परेकी हुन् । उनको हत्या भएको प्रहरीको प्रारम्भिक आशंका छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








