काठमाडौं । नेप्सेम्याक ग्रुपको आयोजनामा रक्तदान,प्रशिक्षण,सम्मान तथा वनभोज सहित बार्षिक सद्भावना भेला — २०८१ भव्यताको साथ सम्पन्न भएको छ ।
नेप्सेम्याक ग्रुप अन्तर्गत रहेका परिवर्तन सेवा प्रा.लि.,नेप्सेम्याक सेवा प्रा.लि.,नेपाल प्रदुषण नियन्त्रण तथा स्वस्थ समाज केन्द्र प्रा.लि.,ग्रीन सिटी सेनिटेसन प्रा.लि.,नेपाल भ्यालि ईन्जिनियरिङ अटो वक्र्श प्रा.लि.,क्लिन काठमाडौं वेष्ट म्यानेजमेन्ट प्रा.लि.का कर्मचारी तथा संचालकहरुको संयुक्त कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेप्सेम्याक सेवा प्रा.लि.का अध्यक्ष तथा प्रवन्धनिर्देशक टिकाराम दाहालको सभापतित्वमा भएको कार्यक्रम नेप्सेम्याकका प्रमुख संचालक लक्ष्मी प्रसाद गेलालले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित अतिथि,संचालक,कर्मचारी,पत्रकार लगायत संपुर्णलाई नेप्सेम्याक सेवा प्रा.लि.का संचालक मित्रप्रसाद घिमिरेले स्वागत मनतव्यबाट स्वागत गर्दै वातावरण जोगाउन र सामाजिक रुपान्तरणको अभियानमा नेप्सेम्याकको भुमिका बारे चर्चा गर्नु भयो ।
नेप्सेम्याक सेवा प्रा.लि.का अध्यक्ष तथा प्रवन्धनिर्देशक टिकाराम दाहालले नेप्सेम्याकले काठमाडौं उपत्यकाका १८ वटा स्थानियतह मध्य १२ वटा स्थनिय तहमा आंशिक रुपमा यो ग्रुपले कार्यगरिरहेकोमा हाल सम्म प्रभावकारी भईरहेको बताउनु भयो । उहाँले अहिले साना साना युनिटमा फोहरमैला व्यवस्थापनमा टेन्डर गर्दा काठमाडौंको फोहर व्यवस्थापनमा समस्या आउन सक्ने तर्फ संकेत गर्दै स्थानिय सरकारले पब्लिक प्राईभेट पार्टनरसिप कार्यक्रम बनाएर जिरो वेष्ट सिस्टममा जानुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न नेप्सेम्याक ग्रुप का अध्यक्ष तथा प्रबन्ध निर्देशक टिकाराम दाहाल, प्रमुख संचालक लक्ष्मी प्रसाद गेलाल संचालक ,बाबुराम घिमिरे , मित्र प्रसाद घिमिरे, गोबिन्द्र प्रसाद आचार्य ,तुलसीराम सिटौला र एकराज सुवेदीलाई बिभिन्न उपसमितिको जिम्मेवारी दिएको तथा सबै उपसमितिको सकृयताका कार्यक्रम भव्यताको साथ सम्पन्न भएको टिकट तथा उपस्थिति व्यवस्थापनमा जिम्मा पाएका संचालक एकराज सुबेदीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले नेपालकै सफा सहरको रुपमा ललितपुरलाई लिन सकिने भन्दै यसमा नेप्सेम्याकको ठुलो हात रहेको तथा नेप्सेम्याकाको दक्षिणकालीमा ईन्ट्रि भए पश्चात दक्षिणकाली लगायतका धार्मिक स्थलहरु सफा हुँदै गएको बताउँदै यो ग्रुप संग सहकार्य गरेर कार्यगर्न आफु तयार रहेको बताउनु भयो । स्थानिय सरकारले पब्लिक प्राईभेट पार्टनरसिप कार्यक्रम बनाएर जिरो वेष्ट सिस्टममा जानुपर्ने कुरामा आफु सहमत भएको बताउनु भयो ।
प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जसले जति फुर्ति गरेपनि १० दिन उपत्यकाको फोहर नउठ्ने हो भने यहाँको सबैको हालत उहि हुने भन्दै फोहर व्यवस्थापनको दिर्घकालिन समाधान गर्न स्थानिय सरकारले पब्लिक प्राईभेट पार्टनरसिप कार्यक्रम बनाएर जिरो वेष्ट सिस्टममा जानुपर्ने कुरामा आफु सहमत भएको बताउनु भयो । यसमा स्थानिय सरकार,स्थानिय नागरिक र यो बिषयमा कार्यगर्ने संघ संस्था र कम्पनिहरु बराबर जिम्मेवार बन्नुपर्ने उहाँले बताउनु भयो । मेयर महर्जनले ललितपुर सफा हुनुमा नेप्सेम्याक ग्रुप जस्ता कम्पनिहरुको ठुलो हात रहेको भन्दै नेप्सेम्याकको खुलेर प्रशंसा गर्नु भयो ।
कार्यत्रममा बोल्ने अधिकांश वक्ताहरुले नेप्सेम्याकले वातावरण प्रदुषण न्यूनिकरण र फोहरमैला व्यवस्थापनमा दिएको योगदानको चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा नेप्सेम्याक र परिचित बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेपाल रेडक्रस सोसाईटी वडा नं ४ उपशाखा तथा ब्लड बैंक पुल्चोक ललितपुर को प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम समेत गरिएको थियो । रक्तदान कार्यक्रममा नेप्सेम्याकका कर्मचारी तथा संचालक समुहले समेत सहभागिता जनाएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी,ट्राफिक प्रहरी, सामुदायिक प्रहरी बिभिन्न वडाका वडा अध्यक्षहरु तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेप्सेम्याक ग्रुप अन्तरगतका कम्पनिहरुका रहि उत्कृष्ट कार्य सम्पादन गर्ने १४ जना कर्मचारीहरुलाई नगद सहित सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा ट्राफिक प्रहरीको समन्वयमा प्रशिक्षक हरी शरण पौडेलबाट बिभिन्न किसिमका ट्राफिक सचेतनामुलक प्रशिक्षण समेत प्रदान गरिएको थियो । नेप्सेम्याक समुहको तर्फबाट ट्राफिक प्रहरीलाई मायाको चिनो स्वरुप माक्श प्रदान गरिएको थियो ।
कार्यक्रममा १८१ पटक रक्तदान गर्ने प्रेम सागर कर्माचार्यले रक्तदानको महत्व र आवश्यकताबारे चर्चा गर्नु भएको थियो ।









