सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित दुई जना पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चिनिया नागरिक २२ वर्षीय MEI WENHAO र काठमाडौं महानगरपालिका-१० घर भएका ३२ वर्षीय सनिम राज ढकाल रहेका छन् । 

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट युएई जान लागेका MEI WENHAO लाई १० लाख ४२ हजार जापानिज यन र ५ सय ८० अमेरिकी डलर तथा एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका सनिम राजलाई ७ हजार ५ सय अमेरिकी डलर सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।  

भर्खरै

सम्बन्धित खबर

Language »