सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा

काठमाडौं । विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ।

गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवं बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ। यस क्षेत्रमा सार्वजनिक धारा एवं कुवा पाउनै मुस्किल छ।

पछिल्लो समय सहरमा सार्वजनिक धाराको संस्कृति हराउँदै गएको छ।

व्यापारिक सहरको छवि बनाएको इटहरीमा प्यास लाग्दा पानी पाउन कठिन छ । दैनिक सयौँ यात्रु यही बाटो हुँदै यात्रा गर्छन्।

व्यापारिक ‘ट्रन्जिट प्वाइन्ट’ इटहरीमा रोकिएका यात्रुलाई प्यास लागे सार्वजनिक धारा भेटिँदैन। प्यास मेटाउन होटलभित्र छिर्नुपर्छ कि त पसलबाट न्यूनतम २० खर्च गर्नुपर्छ।

क्याफेमा २५ देखि ५० सम्म तिर्नुपर्छ। इटहरीको मुख्य बजार क्षेत्रमा भेटिएका वडा नं १० का स्थानीय बासिन्दा प्रमोद चौधरी सार्वजनिक धारा नहुँदा पानी किनेर प्यास मेटाउनुपर्ने बाध्यता भएको बताउँछन्।

‘प्यास लागे अर्काको घर छिर्नुभएन, पालिकाले कतै सार्वजनिक धारा राखिदिएको छैन, पानी किनेर खानुको विकल्प छैन,’ उनले भने।

वडा नं ३ बाट घर बाटोको सिफारिस लिन उपमहानगरपालिकाको कार्यालय, आएकी कमलादेवी तामाङले पनि प्यास लागे पानी किनेर नै खाएको बताइन्।

भर्खरै

सम्बन्धित खबर

Language »