सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दियामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक सम्पन्न

नेपालगन्ज, बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक राजापुर नगरपालिकामा सम्पन्न गरेको छ ।


परियोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, बजेट र कार्यपद्धति सम्बन्धी जानकारी स्थानीय सरकार तथा प्रमुख सरोकारवालाहरूलाई दिनका लागि सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा कुमारी क्षेत्रीले संस्थाको कार्यपद्धति, विषयगत क्षेत्रहरू, राजापुर नगरपालिकामा सञ्चालित समग्र कार्यक्रमहरू र लक्षित बालबालिकाहरूको अवस्था सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।
साथै, उहाँले ‘सुरक्षा परियोजना’ का उद्देश्य, गतिविधि र प्रतिफलहरूका बारेमा समेत विस्तारमा प्रकाश पार्नुभएको थियो ।
बैठकमा बोल्दै राजापुर नगरपालिकाका उपमेयर चौधरीले बालबालिका बेचबिखनको रोकथाम तथा बालबालिकाको गुणस्तरीय र समावेशी शिक्षा प्रवद्र्धनका लागि राजापुर नगरपालिकाको सधैं पूर्ण सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो बैठकमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले संस्थाको बिस्तृत परिचय दिनुका साथै परियोजनाको बारेमा पनि महत्वपूर्ण जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा राजापुर नगरपालिका वडा नम्बर ४, ६, ८ र १० का वडा अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू समेतको सहभागिता रहेको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिशा थारुको पनि उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »