सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साताको पहिलो कारोबार दिन आइतबार घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । जसअनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको हो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »