सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्वगृहसचिव पाण्डेय र बेचन झाको बन्दीप्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं । नक्‍कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी कारागारमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेय र बेचन झाको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ।

सोमबार सर्वोच्च अदालतमा बसेको छुट्टाछुट्टै इजलासले दुबै जनाको रिट खारेज गरेको हो।

न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले झाको रिट खारेज गरेको हो। त्यस्‍तै, न्यायाधीशहरू कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले पाण्डेयको रिट खारेज गरेको हो।

उनीहरू हाल शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा छन्।

पाण्डेयको तर्फबाट उनकी श्रीमती मञ्जुले माघ ११ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। 

झाले माघ २ गते रिट दायर गराएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »