सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

त्रिविका ६२ मध्ये ३७ क्याम्पसमा स्ववियु चुनाव भई आयो परिणाम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये ३७ वटामा स्ववियु निर्वाचन भई परिणाम आएको छ।

२५ वटा क्याम्पसमा स्ववियु चुनाव र परिणाम आउन बाँकी छ।

चैत ५ गते स्ववियु चुनाव भएका ३७ क्याम्पसमध्ये धेरैमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले जितेको छ।

नेविसंघ प्रवक्ता सुरज सेजुवालले सेतोपाटीलाई दिएको जानकारीअनुसार त्रिविका आंगिक क्याम्पसमध्ये अहिलेसम्म परिणाम आएको ३७ मध्ये १५ क्याम्पस स्ववियु अध्यक्ष नेविसंघले जितेको छ।

नेकपा (एमाले) निकट अनेरासस्ववियुले ११ आंगिक क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले ८ क्याम्पसमा स्ववियु अध्यक्ष जितेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »