सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी राजा खान “Being Human” द्वारा जेष्ठ नागरिक मिलन केन्द्र भवनमा खानेपानी धारा जडानका लागि सहयोग


नेपालगन्ज, नेपालगन्ज वडा नं १२ निवासी तथा सामाजिक सेवामा अग्रसर राजा खान (Being Human) ले जेष्ठ नागरिक मिलन केन्द्र भवनमा खानेपानीको धारा जडानका लागि नगद सहयोग गर्नुभएको छ।


नेपालगन्ज वडा नं १२ मा निर्माणाधीन जेष्ठ नागरिक मिलन केन्द्र भवनमा खानपान तथा सरसफाइ व्यवस्थापनमा थप सुविधा पुर्‍याउने उद्देश्यले खानले सहयोग हस्तान्तरण गर्नुभएको हो।
सामाजिक सेवामा सक्रिय राजा खानले यसअघि पनि विभिन्न परोपकारी कार्यहरू गर्दै आउनुभएको छ।
स्थानीय बासिन्दाहरू तथा मिलन केन्द्रका सदस्यहरूले खानको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै उहाँको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा गरेका छन्।
यस प्रकारका सहयोगी हातहरूले नै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »