ताैलिहवा, कपिलवस्तु नगरपालिका वडा नं ११ मा जनता समाजवाद पार्टी कपिलवस्तुकाे जाबेद खानकाे अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

उपाध्यक्षमा सुरेश बराई, विक्रम जयसवाल, सकिरुन निशा, सचिवमा सुनिल बारी, सह-सचिवमा नितेश तिवारी र कोषध्यक्षमा रामदास यादव लगायत २१ सदस्यीय वडा कमिटी गठन गरिएको जनता समाजवादी पार्टी कपिलवस्तुकाे सचिव उदयभान यादवले जानकारी दिनु भयो ।
जनता समाजवादी पार्टी कपिलवस्तु नगरपालिकाकाे नगर अध्यक्ष एवम् समाजवादी विद्यार्थी युनियन काे केन्द्रीय सचिव राम रेखा यादवकाे अध्यक्षता वडा कमिटी गठन गरिएको छ ।
नवगठित वडा कमिटीका पदाधिकारीहरुलाई नेताहरुले हार्दिक बधाई एवम सफल कार्यकाल शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा जनता समाजवादी पार्टीको केन्द्रीय परिषद् सदस्य चन्द्रिका प्रसाद यादव, केन्द्रीय लेखा शाखा सदस्य विनय चौधरी, कपिलवस्तु जिल्ला अध्यक्ष इरफान खान, जिल्ला सदस्य रिजवान खान लगायत अन्य नेता कार्यकर्ताकाे सहभागीता रहेको थियो । समाजवादी युवा संघकाे जिल्ला अध्यक्ष तुफेल खानले कार्यक्रम संचालन गर्नु भएको थियो ।








