सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एक सातामै सुनको भाउले नयाँ रेकर्ड

काठमाडौं । बिहीबारकोे तुलनामा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

त्यस्तै, चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »