सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल प्रहरीमा प्राविधिकतर्फ विभिन्न पदमा १ सय ४ जनाका लागि खुल्यो नयाँ भर्ना

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा १ सय ४ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।

नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ४५ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।

यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २२ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १५ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ८ जना, केनाईनतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १ जना तथा हातहतियारतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।

ईन्जिनियरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय र भौतिक पूर्वाधार निर्देशनालयमा अनलाईन दरखास्त फारम भर्न सकिने छ ।

यसैगरी स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगंज, केनाईनतर्फ नेपाल प्रहरी केनाईन कार्यालय सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ ।

साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमा अनलाईन दरखास्त संकलन तथा दर्ता गर्न सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले चैत १८ गतेदेखि २०८२ वैशाख १६ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।

दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »