सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संगठन सुदृढ बनाउने संकल्प सहित श्रेष्ठ बने एमाले अध्यक्ष

सिन्धुपाल्चोक । नेकपा (एमाले) सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको तेस्रो अधिवेशनबाट विष्णुकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।

अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ गाउँपालिका कमिटी चयन गरेको हो। नयाँ नेतृत्वसँगै त्रिपुरासुन्दरी गाउँपालिकामा पार्टी संगठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने जिम्मेवारी श्रेष्ठको काँधमा आएको छ।

अधिवेशनमा नेकपा (एमाले) का नेता, स्थानीय तहका प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। अधिवेशनले संगठनलाई थप सक्रिय बनाउँदै स्थानीय जनताका समस्या र सवाललाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा जोड दिएको जनाइएको छ।

नवनिर्वाचित अध्यक्ष विष्णुकुमार श्रेष्ठले पार्टीभित्रको एकता र सहकार्यलाई मजबुत बनाउँदै जनताका आवश्यकता र सवाललाई केन्द्रमा राखेर संगठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पार्टीको नीति, विचार र कार्यक्रमलाई स्थानीयस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संगठन विस्तार र सुदृढीकरणमा ध्यान दिने बताएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »