सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुर्गा प्रसाईंविरूद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ। 

मायाको पहिचान नेपालले शुक्रबार साइबर ब्युरो कार्यालयमा पुगेर प्रसाईंविरूद्ध उजुरी दिएको हो। 

नेपाल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जाहेरी दिएका हुन्। 

प्रसाईंले समलिङ्गी विवाहलाई युएसएआइडीद्वारा वित्तीय सहयोग गरिएको भनि झुटो प्रचार गरिरहेको जाहेरीमा उल्लेख छ। यस्तै त्यो पूर्णत: भ्रामक र नेपालको अल्पसंख्यक समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान गरिएको जाहेरीमा उल्लेख गरिएको छ। 

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले प्रसाईंविरूद्ध अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गरी  साइबर अपराध ऐन अनुसार कारबाहीको माग गरेका छन्। 

भर्खरै

सम्बन्धित खबर

Language »