नेपालगन्ज चैत १८ गते । नेपालगंज मुस्लिम समाज बांके द्वारा ईदको चाद रात नौबस्ता कारागार बांके रोजा (ब्रत)बसेका क़ैदीबंदी हरूलाई ईदुलफित्र ईद नमाज़ पढना र मनाउन सहज होस भनि कुर्ता पैजामा टोपी सहयोग गरेको छ ।

नेपालगंज मुस्लिम समाज – बाँके का मुन्नामंसुरी , अब्दुल हकीम हल्वाई ,मेराज अहमद हिमालय ,सारीक सल्मानी ,रमेश सुनार, इमाम अहमद अशरफी फैजान अहमद अशरफीको सहभागितामा ईद मनाउने कपड़ा हस्तांतरण गरिएको थियो ।








